मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

ब्राजिलमा कोभिडबाट हुने मृत्युको संख्या झन् बढ्यो

ब्राजिलमा कोभिडबाट हुने मृत्युको संख्या झन् बढ्यो


साओ पाओलो । ब्राजिलमा कोभिड १९ को सङ्क्रमणबाट हुने मृत्यु झन् बृद्धि भएको समाचारमा जनाइएको छ । कोभिडबाट यहाँ एकै दिनमा दुई हजारभन्दा बढीको ज्यान गएको यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
 
यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ मंगलबारमात्र २ हजार ३७८ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको हो । अघिल्लो दिन अर्थात् सोमबार मात्र ब्राजिलमा कोभिडबाट एक हजार जनाको मात्र ज्यान गएको थियो । तर त्यसको २४ घन्टापछि मंगलबार मात्र यहाँका २ हजार ३७८ जना संक्रमितको यस कोरोनाको सङ्क्रमणबाट ज्यान गएको यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
 
योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या ४ लाख ७६ हजार सात सयभन्दा बढी पुगेको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी मंगलबार मात्र त्यस अघिको २४ घण्टामा ब्राजिलमा करिब ५३ हजार जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको पनि  जानकारी दिइएको छ ।
 
अघिल्लो दिनमात्र अर्थात् सोमबार यहाँका करिब ३७ हजार जनामा मात्र सङक्रमण देखिएकोमा त्यसमा बृद्धि भएको पनि बताइएको छ । यो संख्या सँगै ब्रालिजमा कूल संक्रमितको संख्या यहाँका १ करोड ७० लाख ३७ हजारभन्दा बढी पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।
 
ब्राजिलमा पछिल्लो समयमा मृत्यु हुनेहरुको संख्या केही घटिरहेको बताइए पनि पछिल्ला दिनमा आएर मृत्युको संख्या झनै बढेको देखिएको अधिकारीहरुले जनाएका छन् । ब्राजिलको साओ पाओलो सहरमा सुरुदेखि कोरोना संक्रमण बढी मात्रामा हुदै आएको छ । अमेरिकापछि सबैभन्दा बढी ब्राजिलका मानिसको कोरोना महामारीबाट ज्यान गएको छ । सिन्ह्वा

शेयर गर्नुहोस:

162
Shares