मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा कोरोना संक्रमण दर ६३ दिन यताकै न्यून

भारतमा कोरोना संक्रमण दर ६३ दिन यताकै न्यून


नयाँ दिल्ली । भारतमा गत चौबीसघन्टामा एक लाखभन्दा कम व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको छ । गत २४ घन्टामा भारतमा थप ८६ हजार ४९८ थप व्यक्तिको कोरोना सङ्क्रमण भएको छ । कोरोना सङ्क्रमितको यो संख्या ६३ दिनयताको सबैभन्दा न्यून हो । 
 
कोरोना सङ्क्रमण सुरु भएयता यहाँ सङ्क्रमितको जम्मा संख्या २ करोड ९० लाख ९७ हजार १०९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय मंगलबार जानकारी दिएको छ । 
 
त्यसैगरी भारतमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउने व्यक्तिको संख्यामा सोचेजस्तो कमि नआए तापनि केही समययता यस प्रकोपको कारण ज्यान गुमाउने पनि केही कम भने भएको मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । 
 
भारतमा गत २४ घन्टामा २ हजार १२३ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएपछि यहाँ कोरोनाबाट मृत्यु भएका व्यक्तिको संख्या ३ लाख ५१ हजार ३०९ पुगेको छ ।
 
गत २४ घन्टामा भारतमा १ लाख ८२ हजार २८२ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । यसैसँग भारतमा हालसम्म २ करोड ७३ लाख ४१ हजार ४६२ जना व्यक्ति कोरोना मुक्त भएका छन् । ,
 
हाल यहाँ १३ लाख ३ हजार ७०२ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा जुन ६ तारिखसम्म ३६ करोड ६३ लाख ३४ हार १११ जनाको कोरोना परिक्षण गरेको सरकारी स्रोतले जानकारी दिएको छ । 
 
गत जनवरी १६ तारिखबाट यहाँ कोरोना भाइरसविरुद्ध खोपको अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म कोरोना भाइरसविरुद्ध २३ करोड ६१ लाख ९८ हजार ७२६ डोज खोप लगाइएको छ । रासस/सिन्ह्वा