नागरिकको असन्तुष्टि समाधान गर्नुपर्छ : महामन्त्री थापा

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो समय जनतामा देखिएको असन्तुष्टि समाधान गर्नेतर्फ सरकार र दलहरु लाग्नुपर्ने बताएका छन् । बुधबार भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले जनताको असन्तुष्टि कम भए व्यवस्थाविरूद्ध बोल्नेहरुको आवाज कमजोर हुँदै जाने छ भने । उनले भने, “जनताप्रति अहिले असन्तुष्टि बढ्दै गएको छ । यसका कारण आक्रोशित नागरिकको असन्तुष्टि प्रयोग…