मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट गठबन्धनका चार उम्मेदवार विजयी

राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट गठबन्धनका चार उम्मेदवार विजयी

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका चार जना उम्मेदवार विजयी भएका छन् ।

हेटौँडामा सम्पन्न मतगणनाअनुसार गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका २ जना, नेकपा माओवादी केन्द्रका एक र नेकपा एकीकृत समाजवादीका एकजना उम्मेदवार बिजयी भएका हुन् ।

विजयी हुनेहरुमा कांग्रेसका जितजङ्ग बस्नेत र विष्णुकुमारी पुडासैनी रहेका छ्न भने माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र समाजवादीका घनश्याम रिजाल रहेका छन् ।

बिजयी महिलातर्फ कांग्रेसकी पुडासैनीले ६६२२ मत प्राप्त गर्दा अन्यका उम्मेदवार कांग्रेसका बस्नेतले ६५३१ मत प्राप्त गरे । बिजयी दलित तर्फका समाजवादीका रिजालले ६५१२ मत प्राप्त गर्दा अपाङ्गतातर्फ माओवादी केन्द्रका अधिकारीले ६३८३ मत प्राप्त गरे ।

हेटौंडामा सम्पन्न मतदानमा कुल ३४७ मतदाता मध्य ३४२ जनाले मात्र मतदानमा भाग लिएका थिए । स्थानीय तहका २३७ जनामा २३४ जनाले मतदान गरेका छन भने ११० प्रदेशसभा सदस्यमध्ये १०८ जना प्रदेश सभाका सदस्यहरुले मतदान गरेका थिए ।