मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा तीनै सिटमा गठबन्धनका उम्मेदवार विजयी

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा तीनै सिटमा गठबन्धनका उम्मेदवार विजयी

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की । राष्ट्रियसभा सदस्य निर्वाचन-२०८० अन्तर्गत गण्डकी प्रदेशमा आज भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरु तीनै सिटमा विजयी भएका छन् ।

सत्ता गठबन्धनबाट अन्य समूहमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, महिलातर्फ नेकपा (माओवादी केन्द्र)की मनरुपा शर्मा र अपाङ्गतारअल्पसंख्यक समूहबाट नेपाली काँग्रेसका पदमबहादुर परियार विजयी भएका हुन् ।

अन्य समूहमा निर्वाचित श्रेष्ठले कूल तीन हजार आठ सय आठ मतभार प्राप्त गर्दा नेकपा (एमाले)का उम्मेदवार चक्रबहादुर पराजुलीले दुई हजार चार सय ७७ मतभार पाए । राष्ट्रिय प्रजातन्त्र पार्टीका रोमबहादुर भण्डारीले एक सय छ मतभार पाए ।

महिलातर्फ माओवादीका शर्माले तीन हजार छ सय ६० मतभार प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रत्याशी नेकपा एमालेका सम्झना देवकोटाले दुई हजार पाँच सय ५३ मतभार पाउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गौमाया श्रेष्ठले एक सय छ मतभार पाए ।

अपाङ्गतातर्फ विजयी नेपाली काँग्रेसका परियारले कूल तीन हजार सात सय ७४ मतभार प्राप्त गरे । परियारका प्रतिस्पर्धी नेकपा एमालेका हेमन्द्र शेरचनले कूल दुई हजार चार सय ५८ मतभार पाए । अपाङ्गतातर्फ प्रदेशसभाको तीन मत बदर भएको छ ।

निर्वाचनमा प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिएको थियो । प्रदेशसभातर्फ तीन हजार एक सय ८० र स्थानीय तहतर्फ तीन हजार दुई सय ३० गरी कूल छ हजार चार सय १० मतभार थियो ।

पोखरा महानगरपालिका-७ रत्नचोकस्थित प्रदेश निर्वाचन कार्यालयको परिसरमा विहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान भएको थियो ।

मतदानमा प्रदेशसभाका ६० र स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी एक सय ६९ गरी दुई सय २९ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए ।

राष्ट्रियसभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिना, राष्ट्रियसभा सदस्यद्वय दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल सकिन लागेकाले निर्वाचन भएको हो ।

तिमिल्सिना अन्य, गुरुङ महिला र पन्थ अपाङ्गता÷अल्पसंख्यक समूहबाट निर्वाचित भएका थिए । अध्यक्ष तिमिल्सिना र गुरुङ नेकपा९एमाले० र पन्थ कांग्रेसबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।