मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

लुम्बिनीमा माओवादीका सुवेदी र कांग्रेसका सापकोटा विजयी

लुम्बिनीमा माओवादीका सुवेदी र कांग्रेसका सापकोटा विजयी

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही । राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसकी विष्णुदेवी सापकोटा विजयी भएका हुन् । सुवेदी अन्यतर्फ र सापकोटा महिला कोटामा विजयी भएका हुन् ।

घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको परिसरमा भएको निर्वाचनमा निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार झपेन्द्रबहादुर घर्ती क्षेत्री र तुलसा केसीलाई पराजित गर्दै सुवेदी र सापकोटा विजयी भएका हुन् ।

निर्वाचनमा सुवेदीले ५ हजार चार सय ३५ मतभार प्राप्त गर्दै विजयी हुँदा सापकोटा ५ हजार चार सय ३५ मतभार प्राप्त गर्दै विजयी भइन् ।