मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्यमा ढुङ्गाना र चौधरी निर्वाचित

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्यमा ढुङ्गाना र चौधरी निर्वाचित

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम । राष्ट्रियसभा सदस्य निर्वाचन २०८० अन्तर्गत मधेस प्रदेशबाट दुई पदका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनतर्फका दुवै उम्मेदवार विजयी भएका छन् ।

बिहीबार साढे ४ बजे सम्पन्न मतपरिणामअनुसार अन्य (खुला) समूहबाट नेपाली कांग्रेसका उम्मेदवार आनन्दप्रसाद ढुङ्गाना र महिला समूहबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार पूजा चौधरी निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृत चित्रबहादुर गुरूङले ढुङ्गानाले प्रदेशसभाबाट ६७ र पालिकाबाट दुई सय एक मत प्राप्त गरे । प्रदेशसभा सदस्यको मतभार ५३ का आधारमा तीन हजार पाँच ५१ र पालिकाको १९ का आधारमा तीन हजार आठ १९ गरी ढुङ्गानाले जम्मा सात हजार तीन ७० मत प्राप्त गरे ।

त्यसैगरी, चौधरीले प्रदेशसभाबाट ७६ र पालिकाबाट दुई सय पाँच मत गरी जम्मा सात हजार नौ सय २३ मतभार प्राप्त गरे ।

नेकपा (एमाले) बाट खुलातर्फका उम्मेदवार कुमारी विजेता झाले प्रदेशसभाबाट २५ र पालिकाबाट ६१ गरी दुई हजार चार सय ८४, जनमत पार्टीका रामशङ्कर महासेठले प्रदेशसभाबाट १४ र पालिकाबाट चार गरी आठ सय १८ मतभार प्राप्त गरे ।

त्यसैगरी, महिला समूहतर्फ एमाले उम्मेदवार उषादेवी थरुनीले प्रदेशसभाबाट २५ र पालिकाबाट ५९ गरी दुई हजार चार सय ४६ मतभार प्राप्त गरे ।

यहाँ अन्यतर्फ पालिकामा एक मत र महिला समूहमा प्रदेशसभाका पाँच तथा पालिकाका दुई गरी आठ मत बदर भएका छन् ।

बिहान ९ देखि ३ बजेसम्म भएको निर्वाचनमा निर्वाचक मण्डलका तीन सय ७४ मतदातामध्ये तीन सय ७३ जनाले मतदान गरे पनि मतपेटिकामा तीन सय ७२ मातमात्र फेला परेका निर्वाचन अधिकृत गुरुङले जानकारी दिए ।

जनकपुरधाम उपमहानगरपालिका–४ स्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा मतदान र मतगणनाको व्यवस्था गरिएको थियो । विजयी उम्मेदवारलाई निर्वाचन अधिकृतले प्रमाणपत्रसमेत वितरण गरेका छन्।