मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सिटौला र कोइराला निर्वाचित

कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सिटौला र कोइराला निर्वाचित

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा (एमाले)की रुकमणी कोइराला विजयी भएका छन् ।

अन्य समूहबाट कांग्रेसका सिटौलाले पाँच हजार दुई सय ९२ मतभार प्राप्त गर्दा सोही समूहमै राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव पौडेलले चार हजार पाँच सय २६ र नेकपा (एमाले)का पर्शुराम अधिकारी एक सय २९ मतभार प्राप्त गरेको निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।

यसैगरी महिला समूहतर्फ नेकपा (एमाले)की रुकमणी कोइरालाले पाँच हजार ८६ मतभार प्राप्त गरी विजयी भइन् भने नेकपा (माओवादीकेन्द्र)की चम्पादेवी कार्कीले चार हजार नौसय ९२ मतभार प्राप्त गरिन् ।

निर्वाचन अधिकृत गौतमले विजयी उम्मेदवारद्वय सिटौला र कोइरालाले विजयी प्रमाणपत्र हस्तान्तरण गरे । प्रदेश निर्वाचन कार्यालय विराटनगर १० मा रहेको मतदान केन्द्र बिहान ९ बजेदेखि सुरु भएको मतदानमा प्रदेशसभाका ९३ सदस्य र एक सय ३७ पालिकाका दुई सय ७४ मतदातामध्ये दुई सय ७१ ले मतदान गरेका थिए ।

मतदानमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङले मतदान गरेनन् । साथै मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रसाद गच्छदार विरामी तथा झापाका झापा गाउँपालिकाका अध्यक्ष निलम्बनमा रहेकाले मतदान गरेनन् ।