निगुरोको भरमा चलेको पाँचसय परिवारको जीवन

पथरी (मोरङ) ।  मोरङ भाउन्नेका १० वर्षका दिवस पुरीलाई पनि शनिबार कहिले आउलाजस्तो लाग्छ । शनिबार उनी आमासँग निगुरो खोज्न जान्छन् र चारवटा शनिबार जम्मा गरेको पैसाले बोर्डिङको शुल्क तिर्छन् ।    पुरीमात्रै हैन, उमेरले डाँडो काटेकाहरू पनि निगुरो टिपेर खाद्यान्न जोहो गर्दै आएका छन् । ६८ वर्षीया फुलमाया धिमाल विगत चार दशकदेखि निगुरोबाट नै…