चितवन– चितवनमा वाम गठबन्धनको चुनावसभा तथा प्रचण्डपुत्र प्रकाश दाहालको श्रद्धाञ्जली सभामा गीत गाउँदा–गाउँदै जनगायक तथा पूर्वसांसद खुसीराम पाख्रिनलाई हृदयाघात भएको छ ।
उनी अचानक ढलेपछि उनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको छ । उनको अवस्था अत्यन्त चिन्ताजनक रहेको थियो । प्रहरीका अनुसार उनको मृत्यु भएको छ । पूर्वसांसद पाख्रिन राजनीतिज्ञका साथै जनवर्गीय गीतका गायक भनेर चर्चित थिए ।
यसअघि, प्रकाशलाई श्रद्धाञ्जली दिनेक्रममा आमा सीता भावविह्वल भएकी थिइन् । हृदयाघातका कारण निधन भएका आफ्ना एकमात्र छोराको स्मरणमा श्रद्धाञ्जली दिँदै्र गर्दा सीता मञ्चमा भक्कानिइन् । उक्त दृश्यले सहभागी सबैको आँखा रसाएका थिए । वातावरण स्तब्ध बन्न पुग्यो ।
बाबु प्रचण्डले आफूलाई सम्हालेका थिए । तर, प्रकाशकी आमा सीता र पत्नी बिना भक्कानिएको दृशयले सहभागी सबैलाई भावुक बनाएको थियो । प्रचण्डले पत्नी सीतालाई सम्झाउने प्रयास गरे पनि उनले सलले बारम्बार आँशु पुछेर सबैलाई स्तब्ध बनाइन् ।
प्रतिक्रिया