मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आर्थिक समृद्धि पनि कांग्रेसकै पालामा : उम्मेदवार अधिकारी

आर्थिक समृद्धि पनि कांग्रेसकै पालामा : उम्मेदवार अधिकारी


चितवन– निर्वाचनको मिति नजिकिएसँगै नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु मत माग्नका लागि मतदाताको घरदैलो पुग्नेक्रम जारी राखेका छन् । बुधबार भरतपुर वडा नम्बर ७ का विभिन्न टोलमा जिल्लाका नेता तथा कार्यकर्ता एवं उम्मेदवारहरुले घरदैलो तथा अन्तक्र्रिया गरेका छन् । 
 
कार्यक्रममा नेपाली काँग्रेस चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार एवं शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले नेपाली काँग्रेसकै नेतृत्वमा देशले शान्ति र संविधान पाएकाले अब आर्थिक समृृद्धि पनि काँग्रेसकै नेतृत्वले ल्याउने दाबी गरेका छन् । 
 
उम्मेदवार अधिकारीले आन्तरिक तथा विदेशी लगानीका लागि उपयुक्त वातावरणको निमाण गरी पूर्वाधारको विकास गर्दै रोजगारीको सिर्जना एवं नागरिकका समग्र जीवनस्तर उकास्ने खालका कार्यक्रमहरु ल्याइएकोले ढुक्क हुनसमेत मतदातालाई आग्रह गरे । 
 
हल्लाका पछि नलागी संयमित हुन आग्रह गर्दै उम्मेदवार अधिकारीले स्वास्थ्य बिमा, चिकित्सा शिक्षा विधेयकजस्ता महत्वपूर्ण उपलब्धि काँग्रेसकै नेतृत्वमा आएको उल्लेख गरे । 
 
सडक सञ्जाल, फराकिलो भूगोल आदि कारणले चितवनलाई देशको आर्थिक राजधानी बनाउन सकिने भएकाले आफूले विशेष पहल गर्ने घरदैलो कार्यक्रममा मतदातासँग उनले वाचा गरे । 
 
घरदैलो कार्यक्रममा मतदातासँग प्रदेश (ख) का उम्मेदवार प्रकाश अधिकारीले लोकतन्त्र भनेको समृद्धिको बाटो भएकाले लोकतन्त्रलाई संस्थागत गर्न पनि नेपाली काँग्रेसलाई मतदान गनुपर्ने बताए । 
 
भरतपुर महानगरपालिका वडा नं ७ को विभिन्न टोलमा समानुपातिक उम्मेदवारहरु गीता वाग्ले, शान्ति परियारलाई फूलमालाले स्थानीयले स्वागत गरेका थिए । घरदैलो कार्यक्रममा नेपाली काँग्रेस चितवनका कार्यवाहक सभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, पूर्वसांसद जगन्नाथ पौडेल, जिल्ला सदस्य देवकी गौतम, केशव महर्जन, महासमिति सदस्य राजेश्वर खनाल, क्षेत्रीय सभापति रमेश अधिकारीलगायतको उपस्थिति थियो ।
 
कार्यक्रममा जिल्ला नेताहरुको उपस्थितिले हौसिएका स्थानीयहरुले नाचगान गर्दै भोट मागेका थिए । 

शेयर गर्नुहोस:

0
Shares