मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधान संस्थागत गर्न काँग्रेसको आवश्यकता : नेता सिंह

संविधान संस्थागत गर्न काँग्रेसको आवश्यकता : नेता सिंह


काठमाडौँ– नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सविधानलाई संस्थागत गर्न नेपाली काँग्रेसको आवश्यकता रहेको बताएका छन् ।
 
घट्टेकुलो र डिल्लीबजार क्षेत्रमा बुधबार चुनावी घरदैलो कार्यक्रमअन्तर्गत भएको भेलामा उनले भने— “निर्वाचन नजिकिँदै गर्दा काँग्रेसलाई मतदान गर्नुपर्छ भन्ने जनविचार बढ्दै गएको छ ।” 
 
काठमाडौँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेता सिंहले काँग्रेसले गरेको बाचाअनुसार संविधान जारी गरिएको र सो संविधानको सफल कार्यान्वयनका लागि काँग्रेसलाई जिताउन सबै मतदातामा आग्रह गरे ।
 
सामाजिक सञ्जालमा जे–जस्तो स्थिति देखाए पनि आम मतदातामा काँग्रेसप्रतिको हेराइ सकारात्मक रहेको उल्लेख गर्दै उनले देशको आर्थिक विकासका लागि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।
 
‘तपार्इंहरुले दुईपल्ट विजयी बनाएर सविधान जारी गर्ने जिम्मेवारी पूरा गरे, अव देशलाई समृद्धिको बाटो लैजाने जिम्मेवारी पूरा गर्ने अवसर दिनुहोस्,’ पूर्व उपप्रधानमन्त्री एवं काँग्रेसका पूर्व महामन्त्रीसमेत रहेका नेता सिंहले भने । रासस