मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

वनमन्त्री पाण्डेको घरनजिक क्यान बम, सेनाद्धारा डिस्पोज

वनमन्त्री पाण्डेको घरनजिक क्यान बम, सेनाद्धारा डिस्पोज


चितवन– चितवनको भरतपुर–१० स्थित विक्रम मार्गमा भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले मंगलबार पारेको छ । 
 
मंगलबार बिहान झोलामा रहेको शंकास्पद बस्तु स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । सो स्थान वनमन्त्री तथा चितवन क्षेत्र नं ३ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेको घरनजिक पर्दछ ।
 
नेपाली सेनाको डिस्पोजल टोलीले बम नै रहेको निष्कर्ष निकालेपछि डिस्पोज गरिएको हो । सो शंकास्पद बस्तु क्यान बम रहेको बताइएको छ । समयमै बमबारे जानकारी पाएपछि कुनै क्षति भने हुन पाएन । 
 
चितवनमा मंसिर २१ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुँदैछ । विभिन्न जिल्लाहरुमा बम विस्फोटका घटनाहरु भइरहँदा चितवनमा पनि अब बम भेटिन थालेको छ । जसका कारण चितवनको सुरक्षा व्यवस्था कडा पारिएको चितवन प्रहरीले जनाएको छ ।
 
चितवनमा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष एवम् वनमन्त्री विक्रम पाण्डे, राज्यमन्त्री शेषनाथ अधिकारीलगायतका नेता चुनावी मैदानमा रहेका छन् ।