काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै करिब तीनदर्जन प्रहरीमाथि कारबाहीका लागि सिफारिस भएको छ । एआइजी धीरु बस्नेत नेतृत्वको छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउँदै अनुसन्धानमा लापरबाही गर्ने प्रहरीलाई विभागीय कारबाहीका लागि ‘राय’ दिएको हो । यसअघि निर्मला हत्या प्रकरणमा एसपी दिल्लीराज विष्ट, प्रहरी इन्स्पेक्टर जगदीश…