जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारले राष्ट्र, प्रणाली र संविधानलाई दुर्घटित हुने क्रियाकलाप गर्न नहुने बताएका छन् । दशैँ तिहार तथा छठपर्वको अवसरमा नेकपा प्रदेश नं २ जनकपुरधामद्वारा आज यहाँ आयोजित शुभकामना आदानप्रदान समारोहमा उनले भने, “प्रदेश सरकारले सङ्घीय सरकारलाई उछिनेमा दुर्घटनाको खतरा प्रबल हुन सक्छ ।” …