काठमाडौँ । सरकारले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि गरेर मासिक २४ हजार ३७५ रुपैयाँ पुर्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले पत्रकार तथा सञ्चार संस्थामा काम गर्ने सबै पत्रकार/कर्मचारीको लागि २५ प्रतिशतका दरले पारिश्रमिक वृद्धि गरेको हो । आगामी कात्तिक १ गतेदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक वृद्धि गरिएको बैठकपछि सरकारका…