मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विपक्षीको हल्लाको पछि नलाग्नोस् : प्रधानमन्त्री ओली

विपक्षीको हल्लाको पछि नलाग्नोस् : प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री ओलीले सांसदलाई सरकारका काम कारबाहीका बारेमा जानकार हुन र विपक्षीले चलाएका निराधार हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । उनले विपक्षीहरको खण्डन गर्न निर्देशनसमेत दिएका छन् । 
 
सत्ता र प्रतिपक्ष दुवैतर्फबाट सरकारले राम्रो काम गर्न नसकेको आरोप झेलिरहेका बेला सरकारले राम्रो काम गरिरहेको दाबी ओलीको छ । उनले विपक्षीले चलाएका हल्लाको पछि नलाग्न र मन्त्रीहरुले सांसदलाई मन्त्रालयले गरेका राम्रा कामहरुको प्रचार गर्न निर्देशन दिए । 
 
उनले राजनीतिक आन्दोलनहरु सफल हुने तर तिनका उपलब्धिको संरक्षण नहुने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् । 
 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संयुक्त संसदीय दल (सङ्घीय संसद् र राष्ट्रिय सभा)को बैठकमा उले राजनीतिक आन्दोलनको उपलब्धि संस्थागत गर्नुपर्ने बताए । 
 
“२००७ सालमा राणा विरोधी आन्दोलन सफल भयो तर त्यसको उपलब्धिको संरक्षण भएन । २०४६ सालको आन्दोलन सफल भयो त्यसको पनि उपलब्धि संस्थागत भएन,” उनले भने, “२०६२र६३ को जनआन्दोलनका उपलब्धिलाई पनि संस्थागत र सफल हुन नदिने मनसाय बोकेका केही मानिसहरु छन् । तिनको मनसाय पूरा हुन दिनुहुँदैन ।” 
 
प्रधानमन्त्री ओलीले आजदेखि शुरु संसद्को अधिवेशन विधेयक अधिवेशन भएकाले सरकारले संसद्मा पेश गरेका विधेयकहरुको गहन अध्ययन गर्न र त्यसमा सुझाव दिन सांसदहरुलाई निर्देशन दिए । 
 
“विधेयकहरु पारित भएपछि कानूनको रुपमा आउँछन् । त्यस कारण यसको गहन अध्ययन गर्नुहोस् । पार्टी नीति र सिद्धान्तअनुसार आफ्ना कुराहरु राख्नुहोस्,” उनले भने । 

शेयर गर्नुहोस:

0
Shares