काठमाडौँ । सर्वोच्च अदालतमा संवैधानिक इजलास नियमति हुन नसक्दा न्याय पाउन ढिलाइ भएको छ । प्रधानन्यायाधीशसहितको पाँच सदस्यीय इजलासमा संवैधानिक विवादका मुद्दामा सुनुवाइ हुने भए पनि इजलास नै बस्न नसकेका कारण न्याय पाउन ढिलाइ भएको हो । प्रधानन्यायाधीशको अध्यक्षतामा वरिष्ठताका आधारमा सर्वोच्च अदालतका अन्य चार न्यायाधीश तोकी संवैधानिक इजलास गठन गर्नुपर्ने व्यवस्था छ…