मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अटेर गर्ने कर्मचारीलाई बिदा गर्नुपर्छ : प्रचण्ड

अटेर गर्ने कर्मचारीलाई बिदा गर्नुपर्छ : प्रचण्ड


बनेपा । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहले पनि सेवासम्बन्धी ऐन बनाएर कर्मचारी भर्ती गर्ने अधिकार पाउने बताएका छन् । उनले राष्ट्रसेवक कर्मचारीले देशको कुनै पनि भागमा सरकारले खटाएअनुसार जानैपर्नेमा जोड दिए । 
 
उनले भने, “खटाएअनुसार जान तयार नहुने कर्मचारीलाई राज्यले बिदा गर्नुपर्छ र नयाँ कर्मचारी भर्ती गरेर भए पनि संविधान कार्यान्वयन गर्नेतिर लाग्नुपर्छ ।”
 
प्रचण्डले भने, “अहिले ऐनहरु बन्दैछन् र कर्मचारीलाई स्थानीय तह, प्रदेश र सङ्घ सबैतिर समायोजन गर्ने नयाँ प्रक्रिया शुरुआत हुँदैछ ।” 
 
उनले आम नागरिकलाई नयाँ व्यवस्थाको कार्यान्वयनमा आ–आफ्ना ठाउँबाट योगदान पु¥याउन आग्रहसमेत गरे । लाखौँ नेपालीको त्याग, मेहनत र समर्पणबाट ल्याएको व्यवस्था भएकाले त्यसलाई व्यवस्थित गर्न सरकार लागिपरेको अध्यक्ष प्रचण्डको भनाइ थियो । उनलेले सिंहदरबारको अधिकार गाउँगाउँमा आइसकेको बताए । 
 
शुक्रबार काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–२स्थित खाँडादेवी माध्यमिक प्राविधिक धार बाली विज्ञान विद्यालयको स्वर्ण महोत्सवमा उनले हजारौँको बलिदानीपछि मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र आउनाका साथै स्थानीय, प्रदेश र सङ्घीय सरकार बनेको बताए । 
 
“संविधान र कानून बमोजिम सिंहदबारको अधिकार गाउँमा आइसकेको छ”, अध्यक्ष प्रचण्डले भने, “अब त्यसलाई व्यवहारमा उतार्न हामी अगाडि बढिरहेका छौँ ।” 
 
उनले कोसीपारि क्षेत्रमा आर्थिक र पर्यटन विकास गर्न सकिने भएकाले त्यसका लागि चौरीखोला र सुनकोसी दोभानमा सयौँ मेगावाटको जलाशययुक्त जलविद्युत् आयोजना बनाउन सके त्यहाँका जनताको जीवनमा ठूलो परिवर्तन हुने बताए । 
 
कोसीपारिको विकास निर्माणलगायत समस्या समाधान गर्न आफूले सरकारमा पहल गर्ने र स्थानीय विद्यालयको भौतिक, शैक्षिक र सिङ्गो गाउँपालिकाको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए । 

शेयर गर्नुहोस:

0
Shares