काठमाडौँ । नेपालमा बिहीबार १३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार बिहीबार थप १३ सहित १५५१ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा थप २१११ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।…