काठमाडौँ । नेपालमा शनिबार १३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ३० हजार ७२३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार शनिबार थप १९ सहित १४५४ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा थप ५१५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।…