काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ७२२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय सात हजारको स्वास्थ्य परीक्षण गर्दा ३१० महिला र ४१२ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ५५ हजार २३६ पुगेको छ ।…