मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रतिनिधिसभा विघटनपछि ओली पराजित, हाम्रो विजय सुरुवात : प्रचण्ड

प्रतिनिधिसभा विघटनपछि ओली पराजित, हाम्रो विजय सुरुवात : प्रचण्ड


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनपछि आफूहरुको विजयको सुरुवात भएको बताएका छन् । 

सोमबार जनसंस्कृतिक महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, प्रधानमन्त्री ओलीले आफूलाई इतिहासको कलंकको टीका लगाएर हामीलाई जनतासँग जोडिदिने काम गरिदिनुभयो । बाजी हामीले जितिसकेका छौं । अब अर्को चुनाव हामी जित्छौं।’

प्रधानमन्त्रीले संविधानलाई कुल्चिएर लोकतन्त्रको हत्या गरेर संसद विघटन गरेको भन्दै अध्यक्ष प्रचण्डले ओलीको कदमबारे चुप लागेर बस्न नसक्ने बताए । संविधान र जनताको भावनाविपरीत प्रतिनिधिसभा विघटन गरिएको भन्दै प्रचण्डले अदालतले त्यसको पुर्नस्थापना गर्ने विश्वास व्यक्त गरे । 

’लोकतन्त्रको हत्या गरी संसद विघटन गरे ।  उनले बाजी हारे । जुन दिन हामीले उनको प्रतिगमनकारी कदमका विरुद्धमा हामी लड्छौं भनेर संकल्प गर्यौं, त्यही दिन बाजी हामीले जित्यौं । हामी दुईचार महिनाको कुरा हो । इतिहासले त्यो कुरा देखाइ छोड्नेछ, उनले भने,’ त्यसकारण हामी कसैले टेन्सल लिनुपर्दैन। केही साथीहरु क्षणिक स्वार्थका लागि ओलीतिर लाग्नु भएको छ ।  त्यस्ता केही साथी पहिले पहिले जानेगरेकै भित्र पर्ने गर्छन् । तिनीहरु अहिले मात्र गएका होइनन् । तिनीहरु फेरी दुईचार महिना पछि आउँछन्।’

केहीले आफूहरु सडकमा पुग्यौँ भनेर चिन्ता गरेको भन्दै प्रचण्डले आफूहरु सडकमा नभइ जनताको बीचमा पुगेको बताउँदै भने, ‘केपी ओलीलाई धन्यावाद,’ उहाँले हामीलाई जनताको बीचमा जाने बाटो देखाइदिनु भयो ।’ रासस