मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

अदालतको फैसला कांग्रेसलाई मान्य हुन्छ : सभापति देउवा

अदालतको फैसला कांग्रेसलाई मान्य हुन्छ : सभापति देउवा


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनका सन्दर्भमा अदालतको फैसला आफूहरुलाई मान्य हुने बताएका छन् । 

संसद् विघटनविरुद्ध देशव्यापी प्रदर्शनका क्रममा सोमबार भक्तपुर क्षेत्र नम्बर २ मा आयोजित कार्यक्रममा सभापति देउवाले अदालतको फैसला नआउञ्जेल कांग्रेस एक्लैले प्रदर्शन गर्ने बताए । कांग्रेस अरु पार्टीसँग लागेर संयुक्तरुपमा आन्दोलनमा नजाने उनको भनाइ थियो ।

Advertisement

सभापति देउवाले कांग्रेस अदालतको फैसला मान्ने पार्टी भएकोले अदालतले जे निर्णय गर्छ त्यो कांग्रेसलाई मान्य हुने बताए ।

कम्युनिष्ट सरकार आएपछि अदालत पनि केही डराएको हो कि जस्तो देखिए पनि कांग्रेसले अदालतलाई धम्क्याउने, तर्साउने काम नगर्ने बताउँदै उनले फैसला नआउञ्जेल ओली सरकारको अप्रजातान्त्रिक कदमविरुद्ध कांग्रेस एक्लैले आन्दोलन गर्ने बताए । 

 

शेयर गर्नुहोस:

81
Shares