काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता देवप्रसाद गुरुङले संविधानको रक्षा र कार्यान्वयनका लागि संसद् पुनःस्थापना अपरिहार्य रहेको जिकिर गरेका छन् । नेकपा गण्डकी प्रदेश कार्यालयको विस्तारित बैठकमा उनले संसद् विघटनको सिफारिस असंवैधानिक भएको टिप्पणी गरे ।
“प्रधानमन्त्रीले संसद् विघटनको जुन निर्णय गर्नुभयो, यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र अहिलेको व्यवस्थालाई सहयोग गर्दैन”, उनले भने । विघटित प्रतिनिधिसभामा नेकपाका तर्फबाट प्रमुख सचेतकसमेत रहेका नेता गुरुङले संसद् पुनःस्थापना गरिछाड्ने दाबीसमेत गरे ।
विघटित प्रतिनिधिसभाका सदस्य देवेन्द्र पौडेलले पार्टीबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहयोग नभएको दाबी गर्दै आन्तरिक छलफललाई लिएर जनताको अभिमतबाट निर्मित सार्वभौम प्रतिनिधिसभा विघटन सही नभएको बताए ।
प्रतिक्रिया