खोटाङ । “एजेन्ट खोज्दाखोज्दै सोह्र वर्ष बित्यो, अब त हैरान भइसकेँ !” निकै निराश हुदै उहाँले भन्नुभयो – “सक्नुहुन्छ भने, मलाई न्याय दिलाइदिनुस् ।” जिल्लाको उत्तरी गाविस महेश्वरी–७ का बदले कामीले सदरमुकाम दिक्तेलस्थित सुरक्षित आप्रवासन सूचना केन्द्रमा आएर यस्तो बिलौना गर्नुभएको हो । कामीलाई आफन्तले विदेश पठाइदिन्छु भन्दै ठगी गरेपछि उनको खोजीमा हिँडेको १६…