मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्रिय जनमोर्चाले संविधान नरोक्ने

राष्ट्रिय जनमोर्चाले संविधान नरोक्ने


चितवन । संघीयताको विरोध गर्दै आएको दल राष्ट्रिय जनमोर्चा (राजमो) का केन्द्रीय सचिव कृष्ण अधिकारीले संघीयता रोक्नलाई संविधान बन्न नदिने खेलमा आफ्नो पार्टी नलाग्ने बताएका छन् । गणतन्त्रलाई संस्थागत गर्न संविधान बन्नु अपरिहार्य रहेको उनले बताए । 

शनिबार राजमोले भरतपुरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नेता अधिकारीले भने, ‘संघीयतालाई अगाडि सारेर संविधान बन्न नदिने खेलमा हामी लाग्दैनौँ यसो गरे गणतन्त्र गुम्ने खतरा हुन्छ ।’ तर संघीयता विरूद्धको आफ्नो विरोध कायमै रहेको उनले बताए । 

‘संघीयता सफल भएका देशमा भन्दा नेपालमा यो विषय अत्यन्तै विकृत, भयानक र भद्दा रुपमा देखा परेको छ’ अधिकारीले भने । संघीयता कायम हुँदा जातीय र क्षेत्रीय विग्रह तथा राष्ट्रिय विखण्डनको खतरा रहेको उनले बताए । 

नेपाल र नेपालीलाई एक राष्ट्रको रुपमा रहन नदिने र नेपालकै अस्तित्व समाप्त गर्ने योजनाअन्तर्गत नेपालमा संघीयता ल्याउन खोजेको उनको आरोप थियो । ‘संविधानमा संघीयता समेटिए पनि त्यसलाई खारेज गराउनका लागि आन्दोलन गर्न हामी तयार नै छौं’ अधिकारीले भने । महाभूकम्पपछिको पुर्ननिर्माण, चीन भारतबीचमा भएको लिपुलेकसम्बन्धी सहमति र स्थानीय नियकाको निर्वाचनमा जनचासो बढेको उनले बताए ।

चीन र भारतबीच नेपाली भूमि लिपु लेकमा व्यापारिक नाका बनाउन भएको सहमतिले भारत अझै हस्तक्षेपकारी नीतिकै पक्षमा रहेको उनले बताए । ‘भारतले चीनलाई समेत लिएर नेपाली भूमिमा हस्तक्षेप ग¥यो । मोदीले मिठा कुरा गरेका थिए । तर उनको भित्रि मनशाय खतरनाक रहेछ’ सचिव अधिकारीले भने । 

कार्यक्रममा नेकपा एमालेका देवी ज्ञवाली, नेकपा–माओवादीका घनश्याम सापकोटा, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सदस्य राजेन्द्र पौडेल, साहित्यकार डिआर पोखरेल, रत्ननगर उद्योग वाणिज्य संघका तृतीय उपाध्यक्ष राजाराम रेग्मीलगायतले पनि बोलेका थिए ।