मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बाढी र पहिरोबाट हुने जोखिम न्यूनीकरणको तयारी सुरु

बाढी र पहिरोबाट हुने जोखिम न्यूनीकरणको तयारी सुरु


चितवन । चितवनमा बाढी र पहिरोबाट हुने जोखिम न्यूनीकरणको पूर्व तयारी सुरु भएको छ । जोखिम क्षेत्रको पहिचान गरी समिति र उपसमितिलाई सक्रिय गराइएको चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिनुभयो । अहिलेसम्म भूकम्पका कारण तयारी प्रभावकारी हुन नसके पनि अब भने विपद् जोखिम न्यूनीकरणको तयारी जिल्ला विपद् व्यवस्थापन समितिले सुरु गरेको जनाएको छ ।
 
विभिन्न जोखिम क्षेत्रको स्थलगत निरीक्षण गरी आवश्यक तयारी थालिएको प्रजिअ सिंहको भनाइ छ । “जोखिम घटाउन पूर्व तयारीमा उच्च सतर्कता अपनाएका छौँ, जोखिमपछिको राहत तथा उद्धारमा समेत समिति तयारीमा छ”, सिंहले भन्नुभयो । अघिल्लो वर्षको जोखिम क्षेत्रलाई नै आधार एक हप्ताभित्रमा माडीलगायत क्षेत्रमा जोखिम न्यूनीकरण र पुनःस्थापनाका सामग्री लैजाने प्रजिअ सिंहको भनाइ छ ।
 
विपद् समितिको तथ्याङ्कअनुसार चितवनका १२ वटा क्षेत्र बाढीबाट उच्च जोखिममा छन् । चितवनको कविलास, दिव्यनगर, मेघौली, जगतपुर, बछौली, कठार, कुमरोज, वीरेन्द्रनगर, पिप्ले, भण्डारा, गर्दी र बघौडाका विभिन्न क्षेत्रलाई उच्च जोखिमको क्षेत्रमा राखिएको छ । रत्ननगर नगरपालिकाका केही वडा पनि उच्च जोखिममा छन् ।
 
यहाँका पहाडी गाविसहरू शक्तिखोर, कविलास, दारेचोक, सिद्धि, दाहखानी, काउले, चन्डिभञ्याङ, कोराक र लोथर गाविस पहिरोको जोखिममा छन् । यस वर्ष भूकम्प आएकाले ती पहाडी गाविसमा जोखिम बढेको छ । 
 
चितवनको रिउ नदी, राप्ती नदी र नारायणी नदीमा आउने बाढीले यहाँ बढी क्षति पु¥याउने गरेको छ । त्यसैले नारायणी र राप्ती नदीमा दुई वर्षदेखि वर्षाको मापन गर्ने गरिएको छ । रासस