मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनको सौराहा पनि रातभर जाग्ने !

चितवनको सौराहा पनि रातभर जाग्ने !


सौराहा, चितवन । राजधानीक काठमाडौँको ठमेल र पोखराको लेकसाइडलगायत धेरै पर्यटकीय नगरी रातभर जागा बसेको हुन्छ । देशकै तेस्रो पर्यटकीय गन्तव्य भनिँदै आएको सौराहा राति १० बज्दा नबज्दै निदाउँछ । 
 
सौराहा राति १० बजे नै सपना देख्न बाध्य छ । अहिले त सौराहा दिउँसै सुनसान हुन्छ । तर सौराहा ठमेल र लेकसाइडजसरी नै रातभर जाग्न खोज्दैछ । 
 
एकातिर भूकम्पले थला पारेको पर्यटकीय नगरी सौराहा रातभर जाग्न नपाउँदै झन् थिलोथिलो भएको छ । भूकम्पपछि भर्खरै टुसाउन लागेको सौराहा अब रातभर जागा बस्ने भएको हो । भूकम्पपछि भर्खरै पर्यटकको चहलपहल बढ्न थालेको छ । 
 
यहाँका व्यवसायीहरुले शनिबार सौराहालाई सकिन्छ भने रातभर जाग्राम राख्न जिल्ला प्रशासनसँग आग्रह गरे । व्यवसायीहरुले नसके राति १२ बजेसम्म भए पनि सौराहा क्षेत्रलाई खुला राख्ने वातावरण बनाइदिन प्रशासनसँग अनुरोध गरे ।  
 
रेष्टुरेण्ट एण्ड बार एशोसिएसन सौराहाले हालै चितवनमा सरूवा भएर आएका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहलाई स्वागत गर्दै रातको १२ बजेसम्म सौराहालाई खुला बनाइदिन आग्रह गरेको हो । 
 
राति १० बजेसम्म मात्रै होटल खोल्दा व्यवसाय प्रभावित भएको व्यवसायीले बताए । उनीहरुले भूकम्पले पर्यटन क्षेत्रलाई ठूलो मात्रामा प्रभावित पारेको भन्दै पर्यटनमा असर गर्ने नीतिलाई फराकिलो दायरा बनाएर हेर्न आग्रह पनि गरे ।  
 
कार्यक्रममा प्रजिअ सिंहले व्यवसायीको मागप्रति आफू सकारात्मक रहेको बताए । सौराहामा पर्यटकहरु रमाउन आउने हुँदा पर्यटन क्षेत्रको समय बढाएर १२ बजे निर्धारण गर्न आफ्नो सहयोग रहने उनले बताए । 
 
साथै प्रजिअ सिंहले होटल तथा रेष्टुरा आचारसंहिता २०७२ लाई पर्यटन क्षेत्र हेरी परिमार्जित गर्ने बताए । ‘यहाँ ठूला लगानी छ’ उनले भने, ‘कुनै कानुनमा समय तोकिएको छैन्, तपाइँ हामीले नै बनाएको आचारसंहिता हो । तर विधिको कानुन सबैले मान्नुपर्छ ।’ 
 
कार्यक्रममा रेवान सौराहाका अध्यक्ष लालबहादुर भट्टले पर्यटन क्षेत्रमा समयको सीमा तोक्न नहुने बताए । उनले व्यवसायमैत्री प्रशासन हुनुपर्ने भन्दै काठमाडाँै र पोखरा जसरी चितवनको पर्यटन क्षेत्र सौराहालाई पनि त्यसैगरी हेर्न आग्रह गरे । कार्यक्रममा निर्वतमान अध्यक्ष सीताराम कुमालले चितवनको पर्यटन क्षेत्र २४ सै घण्टा खुला हुनुपर्ने बताए ।  
 
कार्यक्रममा रेवान सौराहाका पूर्वअध्यक्ष पुरुषोत्तम श्रेष्ठले पर्यटन क्षेत्रलाई मापसेमुक्त क्षेत्र घोषणा गर्न अनुरोध गरेका थिए । यसैगरी सामुदायिक सेवा केन्द्र रत्ननगरका अध्यक्ष भुपेन्द्र अधिकारीले सौराहालाई बाढीले ठूलो असर गरेको भन्दै पूर्वसूचना प्रणालीअन्तर्गत सूचना केन्द्र स्थापना गर्नुपर्ने बताए ।