मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बेचबिखन रोक्न महिलाहरु गाउँगाउँमा

बेचबिखन रोक्न महिलाहरु गाउँगाउँमा


चितवन । भूकम्प प्रभावित क्षेत्रमा पुगेका महिला नेताहरुको टोलीले मानव वेचबिखन हुन नदिन स्थानीय समुदायलाई चनाखो रहन आग्रह गरेको छ । भूकम्प प्रभावित चितवनको लोथर गाविस पुगेको अन्तरपार्टी महिला सञ्जाल केन्द्रीय समिति तथा जिल्ला समितिको टोलीले रोजगार दिलाइदिने प्रलोभनमा नपर्न सचेत बनाएको छ । 
 
लोथर गाविसमा मत्रै २ सय ९८ घरधुरी पूर्ण क्षति भएका छन् । यस्तै १ सय ८८ घरधुरी आंशिक क्षति भएका छन् । चितवनमा ३ हजार २१ घरहरु पूर्ण क्षति  तथा १० हजार ३ सय ९१ घरधुरी आंशिक क्षति भएको तथ्याङ्क छ । 
 
विभिन्न राजनैतिक दलमा आवद्ध महिला नेतृत्वमा हरेक जिल्लामा क्रियाशील सञ्जाल भूकम्प प्रभावित जिल्लामा महिलाको अवस्था बझ्दै जनचेतना विस्तार गर्न खटिएको छ । अन्तरपार्टी महिला सञ्जालकी केन्द्रीय अध्यक्ष शशी श्रेष्ठले बालबालिका वेपत्ता तथा मानव बेचबिखनका घटनाहरु हुन नदिन स्थानीय समुदायलाई सर्तक बनाउन स्थलगत अवलोकन गरिएको बताइन् । 
 
प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, स्थानीय राजनैतिक दलहरुसँग छलफल गरेको सञ्जालले सर्तकता अपनाउन आग्रह गरेको छ । अन्तरपार्टी महिला सञ्जाल चितवनकी अध्यक्ष मीना न्यौपानेले भूकम्प प्रभावितहरुलाई बेचबिखनमा लैजान नदिन सामाजिक परिचालक, स्थानीय समुदायलाई परिचालन गरिने बताइन् । 
 
चितवनको सडक सञ्जाल हुँदै सम्भावित बेचबिखन तथा वेपत्ताका घटनाहरु हुन नदिन महिला सञ्जालले चासो देखाएको हो । अन्तरपार्टी महिला सञ्जाल केन्द्रीय समितिले मकवानपुर, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, लमजुङ, तनहुँलगायतका जिल्लामा २÷२ जनाको टोली खटाएको छ ।
 
टोलीले प्रत्येक जिल्लाबाट आएको प्रतिवेदनका आधारमा सुरक्षात्मक कार्यक्रम ल्याउन सरकारलाई दवाव दिने जनाइएको छ । चितवनमा महिला तथा बालबालिकाको अवस्था सन्तोषजनक रहेको टोलीले निष्कर्ष निकालेको छ ।