मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चोरीको गाडी प्रयोग गर्दै वन कार्यालय

चोरीको गाडी प्रयोग गर्दै वन कार्यालय


नवलपरासी । सेक्टर वन कार्यालय कावासोतीले तस्करीको काठसहित समातिएको चोरीको गाडी प्रयोग गरेको छ ।

करिब दुई महिना अगाडि तस्करीको काठसहित समातिएको लु १ च ३९८९ नम्बरको जीप कसको हो भन्ने अझै प्रमाणित नभएको र कसलै पनि दाबी गर्न आएको छैन ।

सोही जीपमा अहिले सेक्टर वन कार्यालय कावासोतीका कर्मचारीहरुले चलानीको काठ बोक्नेदेखि लिएर, अन्य कार्यक्रममा समेत प्रयोग गर्ने गर्दछन् ।

त्यसैगरी जिल्ला वन कार्यालय नवलपरासीका जिल्ला वन अधिकृत दुर्गाबहादुर कार्कीले त्यस्ता सवारी साधन प्रयोग गर्न नपाइने बताउँदै प्रयोग गरेको भए सम्झाउने बताए ।