मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अनियमित विद्युत् कटौती विरोधमा परासी बन्द

अनियमित विद्युत् कटौती विरोधमा परासी बन्द


नवलपरासी । अनियमित विद्युत् कटौती हटाउनुपर्ने माग राख्दै आज आह्वान गरिएको नवलपरासीको सदरमुकाम परासी बन्दको प्रभाव यहाँ परेको छ । बन्दका कारण जिल्लाको सदरमुकाम परासीसहित आसपासका क्षेत्रमा यातायात, उद्योग व्यवसाय, शैक्षिक संस्था पूर्णरूपमा बन्द छन् ।
बन्दका कारण परासीबाट छुट्ने छोटो तथा लामो दूरीका सवारी साधन छुटेका छैनन् । अनियमित एवम् अनावश्यक विद्युत् कटौती हटाउन माग गर्दै स्थानीय युवाद्वारा बन्द आह्वान गरिएको थियो । 
बन्दलाई सफल बनाउन रामग्रामवासीका पसल व्यवसायी, नागरिक समाज, उद्योग वाणिज्य सङ्घ, बुद्धिजीवी, विद्यार्थी र विभिन्न सङ्घसंस्थाले समर्थन जनाएका छन् । बन्दका कारण सदरमुकाम परासी क्षेत्रमा वित्तीय क्षेत्रमा पनि परेको छ । 
जिल्लामा खपतअनुसारको विद्युत् आपूर्ति नहुने र अनियमित तरिकाले पटक पटक विद्युत् कटौती भएको भन्दै सो विरोधमा परासी बजार बन्द गरिएको आन्दोलनका अगुवा एवम् विद्युत् पीडित सङ्घर्ष समितिका संयोजक रामभवन यादवले बताउनुभयो । 
विद्युत् आपूर्तिका लागि ठूला ट्रान्सफर्मर झिकाइसक्दा पनि कर्मचारीको लापर्बाहीले नवलपरासीको सूर्यपुरा विद्युत् उत्पादन जडान गरिए पनि अहिलेसम्म अनियमित विद्युत् भार कटौती रोकिएको छैन । रासस