मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पार्टी त्यागेर देशका लागि काम गर्छु : गगन थापा

पार्टी त्यागेर देशका लागि काम गर्छु : गगन थापा


काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता तथा सभासद् गगन थापाले नवनिर्माणका लागि सरकारले बनाउन लागेको नवनिर्माण प्राधिकरणको जिम्मेवारी लिन इच्छुक भएको बताएका छन् ।

उनले पार्टीको साधारण सदस्यतासमेत त्यागेर निष्पक्ष तरिकाले जिम्मेवारी निर्वाह गर्ने दृढ ईच्छा रहेको बताए ।

कुनै एउटा पार्टीको सदस्य भएर निikक्ष रुपमा काम गर्न नसकिने भन्दै उनले देश र जनताका लागि काम गर्ने आफूजस्ता राजनीतिकर्मीहरुका लागि प्राधिकरण राम्रो अवसर हुने भएकाले इच्छा देखाएको स्पष्ट पारे ।

नवनिर्माण प्राधिकरण अहिलेका कुनै निकायभन्दा माथि नभई अहिले भएकै सबै निकायहरुलाई समन्वय गरेर परिचालन गर्न सकिन्छ भन्ने आफूलाई लागेको नेता थापाले उल्लेख गरे ।

अहिलेको भुकम्पपछि मुलुकमा भौतिक संरचनाको पुर्ननिर्माण तथा मर्मतमात्रै नभई समग्र क्षेत्रको नवनिर्माण गर्नुपर्ने उनको भनाइ छ । काठमाडौंबाट ९० जनाको टोलीसहित दुर्इ दिनमा नुवाकोटमा ४८ वटा घर निर्माण गरिसकेका नेता थापाकै अगुवाईमा धादिङमा पनि बनाउन थालिएको छ । 

आफूहरुले सबै ठाउँमा बनाउन संभव नहुने भन्दै उनले हरेक जिल्लामा एक-एक ठाउँमा घर बनाएर निर्माणमा जुट्न अरु युवाहरुलाई सन्देश दिन चाहेको उल्लेख गरे ।