मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नवलपरासीमा निषेधाज्ञाको समय थपियो

नवलपरासीमा निषेधाज्ञाको समय थपियो


परासी । नवलपरासीमा स्थानीय प्रशासनले लगाउँदै आएको निषेधाज्ञा (निषेधित क्षेत्र)को समयावधि यही भदौ ३१ गते राति १० बजेसम्मका लागि थप गरेको छ । 
 
यसअगावैको समय सकिएपछि सोमबारबाट निषेधाज्ञाको समय भदौ ३१ गते राति १० बजेसम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए । 
 
यस पटकको समय अवधि थप भएसँगै पाँचौँपटक निषेधाज्ञाको समय बढाइएको हो । प्रशासनले नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकसम्मको पूर्वपश्चिम राजमार्ग र दायाँबायाँ ५०० मिटर, परासीको मुख्य बजारदेखि सुनवल सडकसहित दायाँबायाँ ५०० मिटर क्षेत्रमा निषेधाज्ञा जारी गर्दै आएको छ । 
 
स्थानीय प्रशासनले पहिलोपटक भदौ १३ गतेसम्म र दोस्रोपटक भदौ १६ गते, तेस्रोपटक भदौ १६ सम्म, चौथोपटक भदौ २७ गते र पाँचौँपटक भदौ ३१ गतेसम्मलाई निषेधित क्षेत्रका समय अवधि थप गरेको छ । 
 
संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण एक महिनादेखि जिल्लाको सदरमुकाम परासीसहित दक्षिण क्षेत्रमा यातायात, उद्योग व्यवसाय, शैक्षिक संस्था, वित्तीय संस्था बन्द हुँदै आएका छन् । रासस