मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

वीरगञ्जमा पत्रकारको घरमा पेट्रोल बम प्रहार

वीरगञ्जमा पत्रकारको घरमा पेट्रोल बम प्रहार


वीरगञ्ज । पर्सा जिल्लाको सदरमुकाम वीरगन्जमा पत्रकार राम सर्राफको घरमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ । राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय उपाध्यक्ष सर्राफ द हिमालयन टाइम्सका पर्सा संवाददाता एवम् अनलाइन यात्रा डेलीका संचालक पनि हुन् ।

वीरगन्ज–१२ रानीघाटस्थित सर्राफको घरमा आइतबार राति सवा नौ बजे अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको हो । कर्फ्यू लागकै बेला राति सवा नौ बजेको समयमा मोटरसाइकलमा आएका अपरिचित युवकहरुले सर्राफको घरको मूलगेटमा पेट्रोल बम प्रहार गरेर फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

आफू सपरिवार घरभित्र रहेकाबेला मूल गेट बाहिर आगो बलेको देखेर छिमेकीहरुले खबर गरेपछि बाहिर आएर हेर्दा बलिरहेको आगोबाट पेट्रोलको गन्ध आएको सर्राफले बताए । स्थानीयवासीको सहयोगमा आगो निभाइएको पत्रकार सर्राफले बताए ।

घटनालगत्तै पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे र प्रहरी उपरिक्षक दिवेश लोहनीलाई जानकारी गराए पनि कुनै सहयोग नपाएको उनले गुनासो गरेका छन् । घटनामा संलग्नको पहिचान हुन सकेको छैन । यसैबीच राष्ट्रिय फोटो पत्रकार समूहले विज्ञप्ति निकालेर घटनाको भत्र्सनासना गर्दै घटनामा संलग्नलाई कारवाही गर्न माग गरेको छ ।

अध्यक्ष पंकज श्रेष्ठले निकालेको विज्ञप्तिको घटनामा संलग्नलाई कानुनको दायरामा नल्याए सशक्त आन्दोलन गर्न बाध्य हुने उल्लेख छ । –एजेन्सी