८ भदौ, काठमाडौं । थरुहट थारुवान संयुक्त संघर्ष समितिले कैलालीको टीकापुरमा भएको नाबालक र नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको बिभत्स हत्याको जिम्मेवारी नलिने प्रष्ट पारेको छ । साथै बन्दसहितको आन्दोलन जारी राख्ने समेत बताएको छ । संघर्ष समितिले मंगलवार साँझ काठमाडौंमा पत्रकार सम्मेलन गरेर एसएसपी लक्ष्मण न्यौपाने सहितको हत्याको जिम्मेवारी राज्यले लिनुपर्ने बताएको हो…