मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ट्रक रोकेर चोरी गर्ने तीनजना पक्राउ

ट्रक रोकेर चोरी गर्ने तीनजना पक्राउ


मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ट्रक रोकेर चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
 
पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–७ बस्ने वर्ष ४१ का सुकलाल भन्ने मानबहादुर मोक्तान, सोही स्थान बस्ने वर्ष ४८ का बिष्णु पौडेल, वर्ष ४० कासरदार भन्ने बिरबहादुर भोलन रहेका छन् । 
 
उनीहरुको साथबाट प्रहरीले चोरी भएको एक थान सुनको सिक्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिशु शर्माले जानकारी दिनुभयो ।
 
यही असोज १८ गते राती साँढे ९ बजेको समयमा हेटौंडा उपमहानगरपालिका–५ क्याम्पडाँडास्थित सडकखण्डमा हेटौडाबाट हटियातर्फ जाँदै गरेको ना ५ ख ४५०३ नम्बरको ट्रक रोकी ट्रक चालक रामप्रसाद न्यौपानेलाई कुटपिट गरी उनीसंग रहेको नगद २७ हजार, ५२ लालको सुनको सिक्री एक थान र ४ तोलाको चाँदीको ब्रासलेट एक थान चोरी गरेका थिए ।
 
प्रहरी चौकी चौघडाबाट प्रहरी सहायक निरीक्षक वीरेन्द्र खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले मंगलबार उनीहरुलाई हेटौंडा–७ बाट पक्राउ गरेको थियो । उनीहरुलाई प्रहरीले सार्वजनिक गरेको हो ।