मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नाकाबन्दी नखोले मोदीको एकलाख पुत्ला जलाउने

नाकाबन्दी नखोले मोदीको एकलाख पुत्ला जलाउने


चितवन । भारतले असोज ६ गतेदखि नेपालमा लगाएको नाकाबन्दीको चौतर्फी विरोध भैरहेको छ । यसै बेलामा नेपालका विभिन्न संगठनमा संलग्न युवाहरु पनि यसको खुलेर विरोध गर्ने निर्णय गरेका छन् ।
 
तीन दिनभित्र भारतले नाकाबन्दी नखुलाए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एक लाख पुत्ला जलाउने युवाहरुले जनाएका छन् । 
 
चितवनको भरतपुरमा बसेको युवा नेताहरुको बैठकले यस्तो निर्णय गरेको अगुवा मध्येका एक सदस्य दिनेश कोइरालाले जानकारी दिए । 
 
कोइरालाले भने–“भारतले नेपाललाई गरेको नाकाबन्दी अन्तराष्ट्रिय पारवान सन्धिविपरीत छ, जसको आम नेपाली युवाले खुलेर बिरोध गर्ने छन ।” अर्का सदस्य केसब पाठकले  यो विरोधको कार्यक्रम देशका विभिन्न ठाउँमा संचालन हुने र यसलाई हजारौँ युवाहरुले समर्थन गर्ने जनाए ।
बैठकमा उतम जोशी, सुदिप अधिकारी, अरुणेश्वर  खनाललगायतका युवा नेताहरुको सहभागिता रहेको थियो ।