मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एसपी थापाको विदाई, चितवनमा वसन्त कुँवर आउँदै

एसपी थापाको विदाई, चितवनमा वसन्त कुँवर आउँदै


चितवन । प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सहकुलबहादुर थापाले गरेको योगदानको प्रशंसा गर्नुभएको छ ।

अफिसर्स क्लब चितवनले जिल्ला प्रशासन कार्यालयमा एसपी थापाको विदाई कार्यक्रममा बोल्दै प्रजिअ सिंहले जिल्लामा गुण्डागर्दी नियन्त्रणमा उहाँले गर्नुभएको योगदान स्रहानिय रहेको बताउनुभयो ।

उहाँले कसैसँग पनि नराम्रो काममा सम्झौता नगरेको भन्दै गलत कार्यको कारणसमेत खुलाई दिने कार्य प्रशंसायोग्य रहेको प्रजिअ सिंहले भन्नुभयो ।

‘राम्रो काममा सदा उहाँ लाग्नुभयो, नराम्रो कामको खुलेरै विरोध गर्नुहुन्थ्यो’ प्रजिअ सिंहले भन्नुभयो ‘गलत यसकारण भयो भनेर कारण समेत खुलाएर उहाँले काम गर्नुहुन्थ्यो ।’

प्रजिअ सिंहले आफू धेरै एसपीहरुसँग काम गर्न मौका पाएको स्मरण गर्दै तर एसपी थापाजस्तो हिम्मत भएका कमै भेटेको बताउनुभयो ।

अफिसर्स क्लवले एसपी थापालाई मायाको चिनो प्रदान गर्दै विदाई गरेको छ ।

एसपी थापा गृहमन्त्रालयले मंगलबार साँझ निकालेको सुरुवा सूचीमा पर्दै महानगरीय प्रहरी अपराध महाशाखामा सरुवा हुनुभएको छ । चितवनमा अब प्रहरी प्रधान कार्यालय सुरक्षा महाशाखाबाट बसन्त कुँवर आउनुहुनेछ ।

यस्तै एसपी थापाको विदाईसँगै भर्खरैमात्र आउनुभएका स्थानीय विकास अधिकारी श्रवण पोखरेललाई स्वागत गरिएको छ ।

कार्यक्रम अफिसर्स क्लव चितवनका कार्यवाहक अध्यक्ष अच्युत कुइकेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।