बाँके (खजुरा), १४ फागुन । कालीकोटको चिल्खायामा आज भएको विमान दुर्घटनामा परी घाइते नौ जनालाई उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याइएको छ । दुर्घटनामा निधन भएका पाइलटद्वयको शव पनि सोही हेलिकप्टरबाट ल्याइएको अञ्चल प्रहरी कार्यालय भेरीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक धिरु बस्न्त्यातले बताउनुभयो । उहाँका अनुसार घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर…