नगरकोट, १७ कात्तिक । भूकम्प गएको छ महिनापछि पनि विदेशी स्वयम्सेवक भूकम्पले भत्काएका सरकारी विद्यालयको भग्नावशेष हटाउन सक्रियतापूर्ण लागिपरेका छन् । भूकम्पले भत्काएको भक्तपुरको सूर्यविनायक नपा–७ नैचालस्थित सरस्वती निम्न माध्यमिक विद्यालयको भग्नावशेष हटाउन उनीहरू लागिपरेका हुन् । भूकम्प जाँदा नेपालमा रहेका उनीहरू नयाँ आशा समाजको सक्रियतामा तत्काल राहत वितरण र उद्धारमा खटिएका थिए ।…