मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधानमा एक प्रतिशतभन्दा कम विषय मिल्न बाँकी

संविधानमा एक प्रतिशतभन्दा कम विषय मिल्न बाँकी


काठमाडौँ, २२ फागुन । भारतीय जनता पार्टीका वरिष्ठ नेता एवम् उत्तराखण्डका पूर्वमुख्यमन्त्री भगतसिंह कोश्यारीले नेपालको संविधानमा एक प्रतिशतभन्दा कम विषय मात्रै मिल्न बाँकी रहेको बताउनुभएको छ । 
 
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले नेपालका सबै नेतासँग कुराकानी भएको बताउदै सीमाङ्कनको विवाद छिट्टै मिल्ने विश्वास व्यक्त गर्नु भयो । मलाई विश्वास छ, छिट्टै त्यो विषय मिल्छ र नेपालको संविधान कार्यान्वयनका सबै समस्या समाधान हुन्छन् उहाँले भन्नु भयो ।
 
नयाँ युगमा प्रवेश गरेको नेपाल अब आत्मनिर्भर र स्वावलम्बी हुनुपर्ने धारणा राख्दै उहाँले पशुपतिनाथ र डोलेश्वर महादेवसँग पनि नेपाल आफ्नो खुट्टामा आफैँ उभियोस् भन्ने कामना गरेको सुनाउनुभयो । 
 
कोश्यारीले सन् १९५० को नेपाल भारत मैत्री सन्धिको विरोध हुने गरेको प्रति लक्षित गर्दै पढेर मात्रै विरोध गर्न सुझाव दिनुभयो । 
 
उहाँले भारतीय प्रधानमन्त्री नरेन्द« मोदीको नेपाली जनताले जुन अपेक्षासहित नेपालमा उहाँको स्वागत गरेका थिए, त्यस अनुरुप वाचा पूरा गर्ने पक्षमा रहेको बताउनु भयो । तर त्यसका लागि नेपालले माग राख्नुपर्ने उहाँको तर्क थियो । “बद्रीनाथमा रेल पुग्दा पशुपतिनाथमा पनि पुग्नुपर्छ भन्ने पक्षमा हामी छौैँ”–उहाँले भन्नुभयो । आफू कुनै धर्मको प्रचार गर्न नआएको भन्दै उहाँले आफूहरूको चिन्ता धर्म परिवर्तन गराउने कार्य नहोस् भन्ने मात्रै भएको स्पष्ट पार्नुभयो । रासस