मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शिवरात्रिमा पशुपतिक्षेत्र लागुपदार्थ मुक्त हुने

शिवरात्रिमा पशुपतिक्षेत्र लागुपदार्थ मुक्त हुने


काठमाडौँ, २२ फागुन । पशुपति क्षेत्र विकास कोषले यो वर्षदेखि पशुपति क्षेत्रलाई गाँजा, भाङ तथा धतुरो मुक्त क्षेत्र बनाउने घोषणा गरेको छ ।
 
शिवरात्रिको अवसरमा कोषले आज आयोजना गरेको पत्रकारसम्मेलनमा कोषका कार्यकारी निर्देशक रमेश सुवेदीले पशुपति क्षेत्रमा भाङ, गाँजा तथा धतुरो खाने परम्परागत चलन गलत भएको बताउनुभयो ।
 
गलत परम्परालाई त्याग्दै पशुपति क्षेत्रलाई सफा, स्वस्थ र सुन्दर बनाउन त्यस्ता लागुपदार्थ बिक्री नगर्न बाबा, सन्यासी तथा जोगीलाई गर्नुका साथै सेवन गर्ने कार्य पनि नगर्न भक्तलाई आग्रह गर्नुभयो ।
 
कार्यक्रममा शिवरात्रिका अवसरमा भक्तजनलाई दर्शनसम्बन्धी व्यवस्था, आवास, भोजन तथा स्वास्थ्य शिविरसम्बन्धी र सूचना, प्रचार–प्रसार तथा सुरक्षा, सरसफाइको व्यवस्था गरिएको जानकारी दिइयो ।
 
कोषले मन्दिर आउँदा सकभर झोला, काँचका सिसा नल्याउन दर्शनार्थीलाई आग्रह गरिनुका साथै दर्शनपछि मन्दिर परिसरबाट छिटो बाहिर जान आग्रह गरेको छ ।
 
कोषको प्रचार–प्रसार उपसमितिका संयोजक कोकिल गोविन्द श्रेष्ठले विदेशबाट हालसम्म ५१ जना नाङ्गाबाबा काठमाडौँ आइसकेको र विगतमा जस्तो तीन हजार ५०० जति सन्यासी आउने अपेक्षा गरिए पनि नाकाबन्दी र भूकम्पको कारणले विदेशी दर्शनार्थीको कमी भएको बताउनुभयो ।
 
कोषका सदस्यसचिव गोविन्द टन्डनले कोषले दर्शनार्थीको सुरक्षा तथा पशुपति क्षेत्रभित्र विशेष सरसफाइको व्यवस्था गरिएको जानकारी दिनुभयो । रासस