विक्रमबाबा मेलामा पर्यटक बढ्दै

कसरा, चितवन । चितवनको सौराहाका विक्रम चौधरी यहाँको चर्चित विक्रमबाबासँग भाकल गरेपछि जन्मिए । त्यसैले उनको नाम विक्रम चौधरी भयो ।   विक्रमबाबाकै मन्दिरमा लामो समयसम्म जिउन पाओस् भनेर भाकल गरेपछि जन्मिएकाले उनको बुबाको नाम जिएन चौधरी रहन पुग्यो । थारू भाषामा ‘जिएन’ भनेको ‘जिउनु’ हो ।   ‘भाकल गरेपछि त्यहीँको नाम राख्नुपर्छ भनेर राखेको’,…