मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सगरमाथा आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु

सगरमाथा आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु


काठमाडौँ । सगरमाथा आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु भएको छ । केही आरोही सम्पर्कविहीन भएका छन् । भारतीय नागरिक सुवास पलको आइतबारराति मृत्यु भएको पर्यटन विभागले जनाएको छ ।
 
सगरमाथाको अन्तिम बिन्दुनजिक तीन नेपाली र तीन भारतीय गरी छजना आरोही सम्पर्कविहीन भएका थिए । तीमध्ये भारतीय महिला सुनिता हजारा क्याम्प तीनबाट सम्पर्कमा आएको र उनलाई उद्धार गरी क्याम्प दुईमा ल्याउने प्रयास भइरहेको विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले जानकारी दिए ।
 
भारतीय नागरिक परेशचन्द्र नाथ, गौतम घोस भने अझै सम्पर्कविहीन छन् । तीन नेपालीको भने परिचय खुल्न नसकेको बताइएको छ । घटनाको उद्धारका लागि तालिम प्राप्त शेर्पासहित हेलिकप्टर परिचालन गरिएको छ । सगरमाथा आरोहणका क्रममा अन्य आरोही पनि घाइते भएका छन् ।
 
आज पनि धेरै आरोही सगरमाथाको चुुचुरोमा पुग्ने र मङ्गलबारबाट सम्भवतः सगरमाथा आरोहण सकिने महानिर्देशक ढकालले बताए । रासस