मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विवाहमा झगडा हुँदा एकको मृत्यु

विवाहमा झगडा हुँदा एकको मृत्यु


भोजपुर । विवाहमा झगडा हुँदा भोजपुरको दक्षिणी खैराङ गाविसमा एक युवकको मुत्यु भएको छ । खैराङ–५ का २७ वर्षीय वीरेन्द्र राईको विवाहमा झगडा हुँदा मृत्यु भएको हो । गत जेठ ६ गते बिहीबार राति करिब १ बजेतिर विवाहस्थलमै झगडा हुँदा राई गम्भीर घाइते भएका थिए । 
 
उनलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा शुक्रबार बाटैमा निधन भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा खैराङका आठजना पक्राउ परेका छन् । पक्राउ परेका आरोपीलाई आइतबार सदरमुकाम ल्याई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
 
हत्याका आरोपीहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो । रासस