मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

२५ हजारको लोभमा साथीको हत्या !

२५ हजारको लोभमा साथीको हत्या !


नवलपरासी । गत वैशाख २४ गते नवलपरासीको दुम्कीबासमा बृजमोहन गुप्ताका बीभत्स हत्या गरी टाउको एकातिर र ज्यान अर्कोतिर फाल्ने दुई अभियुक्तलाई इलाका प्रहरी कार्यालय नवलपुरले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।
 
अभियुक्त दुईजना वृजमोहनकै साथी भारतीय नागरिक १७ वर्षीय सुरेन्द्रकुमार शाह र उनका सहयोगी २५ वर्षीय मुसाफिर खानलाई प्रहरीले सार्वजनिक गरेको हो ।
 
उनीहरुले वृजमोहनको हत्या गरी उनकै डेरा पछाडि ज्यानको शव  र टाउको दुम्कीबास जंगलमा फालेको स्वीकारेका छन् । टाउको वैशाख २५ गते हत्याको १० दिन पछि दुम्किबास बजारदेखि डेढकिलोमिटर पूर्वको जंगलमा फेला परेको थियो । 
 
घटनाको अनुसन्धानको क्रममा शाह र खानलाई हत्यामा संलग्न रहेको पाइएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए ।
 
२५ हजार रुपैयाँको विषयमा दुई साथीबीच विवाद भएपछि सुरेन्द्र र उनका सहयोगी मिलेर खुट्टा समातेर घाँटी थिची हत्या गरिएको प्रहरीको भनाइ छ । शाहाले आर्थिक विषयमा विवाद भएपछि हत्याका पूर्वयोजना बनाएका थिए । कोठामा सँगै बसेर मदिरा सेवन गरेपछि शाह र खानले उनको घाँटी चिथेर हत्या गरेका थिए । हत्यापछि घाँटी काटेर शव कोटा पछाडि कवाडी फाल्ने ठाउँमा र टाउको जंगलमा लगेर फालेका थिए ।
 
मृतकका बुवा महेन्द्र मात्रिका रौनियारले आफ्नो छोराको हत्या पछि सुरेन्द्र शाहका सहयोगीहरुले छोराले कमाएको दुई लाख ७५ हजार आफूसँग रहेको भन्दै पक्राउ परेकालाई छाड्ने गरी मुद्दा फिर्ता लिए रकम दिने प्रलोभन देखाएको बताएका छन् ।