मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बसको ठक्करले श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बसको ठक्करले श्रीमतीको मृत्यु, श्रीमान् घाइते


जनकपुरधाम । प्रातकालीन भ्रमण (मोर्निङवाक) गरिरहेकाबेला पछाडिबाट बसले ठक्कर दिँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जनकपुर उपमहानगरपालिका–९ बस्ने ४५ वर्षीय शम्भु साह र उनकी श्रीमती ४२ वर्षीया प्रमिला साह बिहान ४ः३० बजे मर्निङवाक गरिरहेकाबेला ढल्केबरतिरबाट आएको बसले पछाडिबाट ठक्कर दिँदा प्रमिलाको घटनास्थलमै मृत्यु भएको छ भने उनका श्रीमान् शम्भुको बायाँ खुट्टा भाँच्चिएको छ ।
पिडारीचोक र रामानन्दचोकबीचमा भएको सो घटनापछि बस लिएरै चालक फरार भएका छन् ।
घाइते शम्भुको जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लैजाने व्यवस्था मिलाइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक गुणराज बुढाथोकीले बताए । फरार बस र चालकको खोजी तीव्र पारिएको छ । रासस