मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दमकमा पोखरीमा डुबेर एकको मृत्यु

दमकमा पोखरीमा डुबेर एकको मृत्यु


सुरुङ्गा (झापा) । झापाको दमकमा पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक–१९ निवासी ४१ वर्षीय अर्जुन लिम्बू रहेको पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 
 
बुधबार साँझ घरनजिकैको पोखरीमा हातखुट्टा धुन गएका उनी चिप्लिएर पोखरीमा डुबेको प्रहरीले जनाएको छ । 
 
पोखरीमा डुबेलगत्तै  तत्काल उद्धार गरी उपचारका लागि स्थानीयवासीले दमकमा रहेको स्थानीय अस्पतालमा लैजाँदै गर्दा उनको राति नै बाटैमा मृत्यु भएको बताइएको छ ।