मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कानुनी राजमा कोही अपराधी उम्कन सक्दैनन् : प्रहरी महानिरीक्षक

कानुनी राजमा कोही अपराधी उम्कन सक्दैनन् : प्रहरी महानिरीक्षक


चितवन । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कानुनी राजमा कोही अपराधी उम्कन नसक्ने बताएका छन् । 
 
जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा आइतबार आयोजित प्रहरी सहायक निरीक्षक आधारभूत तालिम १६४ औंँ समूहको दीक्षान्त समारोहमा उनले भने, “नीलो बर्दीले कमजोरी सहन सक्दैन ।” 
 
सामाजिक त्रास र भ्रष्ट व्यक्तिको संरक्षक प्रहरी कहिल्यै हुँदैन भन्दै उनले समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न प्रतिबद्ध भएर लाग्न दीक्षित प्रहरीलाई निर्देशन दिए । 
 
उनले प्रहरीले समय र विकासक्रमसँगै परिमार्जित भएर अगाडि बढ्नुपर्ने बताए । 
 
कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मीले प्रहरी र अनुसन्धानले गर्ने काम फरक भए पनि मिलेर गर्नुपर्नेमा जोड दिए ।  
 
सो अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाहले दीक्षित प्रहरी सहायक निरीक्षकलाई समयसापेक्ष व्यावसायिक क्षमता अभिवृद्धि गर्दै अगाडि बढ्न निर्देशन दिए । 
 
विसं २०७२ साउन १७ गतेदेखि तालिम लिएका ४१ महिलासहित ५९२ जना आज आइतबार दीक्षित भएका छन् ।