मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोलामा डुबेर बालिकाको मृत्यु

खोलामा डुबेर बालिकाको मृत्यु


गौशाला । महोत्तरी जिल्लाको सरपल्लो गाविसमा शनिबार साँझ खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सरपल्लो गाविस–७ बस्ने आलम नदाफकी सात वर्षीया छोरी चाँदनी खातुन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
अत्यधिक गर्मी भइरहेका बेला शनिबार साँझ ५ बजेतिर घरदेखि ५०० मिटर दूरीमा रहेको रातो खोलामा साथीहरूसँग खेल्दै नुहाउन पुगेकी बालिका खातुनको सोही नदीमा डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।
बालिका खातुन खोलामा डुबेको निकैबेरपछि उनीसँगै गएका बालबालिकाले उनको खोजी गर्दा नभेटेपछि घरमा आएर उनका परिवारजनलाई भनेपछि उनको खोजतलास हुँदा साँझपख उनको शव खोलाकै पानीमा तैरिरहेको अवस्थामा फेला परेको थियो ।
शव परीक्षणका लागि शनिबार राति जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस